महिलाकाे बयान सुन्दा प्रहरी नै छक्क !??

949

एजेन्सी । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले प्रयोग भइसकेको कण्डम जम्मा पारेर पुनः बेच्ने गरेको पाइएको छ।

उनले केही व्यक्तिहरुको सहयोगमा ती कण्डमहरु जम्मा गर्ने गरेको र ती कण्डमहरुलाई पानीमा धोएर नयाँ भन्दै बेच्ने गरेको समाचारमा उल्लेख गरिएको छ।

प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ। ती कण्डमहरु देशको दक्षिणी प्रान्त बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो।

भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार प्रहरीले कण्डमले भरिएका यी ब्यागसहित महिलालाई पक्राउ गरेको हो। जसको वजन ३ सय ६० किलो छ। यस गोदामका मालिकले उनले अज्ञात ब्यक्तिवाट प्रयोगमा आइसकेका कण्डम किनेर फेरी बेच्ने गरेका थिए। त्यसलाई धोइपखाली गरेर बेच्ने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ।

पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों, त्यसपछि कण्डमलाई काठको लि ङ्गमा राखेर फेरि पुरानै आकार दिएर नयाँ जस्तै बनाइन्थ्यो। त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों।

महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों।

Facebook Comments Box