दाजुले पाँचौँ बच्चाको चाहाना राखे, बहिनीले दिइन् कोख !

863

केही घटना निक्कै अनौठा लाग्छन् । सुन्दापनि जो कोही चकित बन्छौ । सहोदर बहिनीले आफ्नै दाजुको बच्चा जन्माइदिने भन्ने कुरा हाम्रो समाजमा त कल्पना गर्न सकिँदैन । तर अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ ।

अमेरिकाको वाशिंटनमा एकजना युवतीले आफ्नै दाजुको बच्चा जन्माइदिएकी छिन् ।आफ्ना दाजुको पाँचौं बच्चाको इच्छा पूरा गरिदिन ती युवतीले भाडाको आमा बनेर अर्थात् सरोगेसी मदरको माध्यमबाट बच्चा जन्माइदिएकी हुन् ।

डेलीमेलको खबर अनुसार ती पुरुषका पहिले नै ४ वटा बच्चा थिए । तर उनलाई थप एक बच्चा जन्माउने इच्छा थियो ।पाँचौं बच्चा जन्मिएपछि मात्र आफ्नो परिवार पूर्ण हुन्छ भन्ने उनको मान्यता थियो । तर स्वास्थ्य समस्याका कारण उनकी पत्नीले पाँचौं बच्चा जन्माउन सक्ने अवस्था थिएन ।

आफ्ना दाजु–भाउजूको त्यो अवस्था देखेर २७ वर्षीया बहिनीको मन पग्लियो । हिल्दे पेरिंगरे नामक ती युवतीले दाजुका लागि आफ्नै ग’र्भमा बच्चा हुर्काएर जन्माइदिने निधो गरिन् । त्यसपछि सरोगेसीको माध्यमबाट दाजुको ग’र्भ बोकेर दाजुको पाँचौं सन्तान जन्माइदिइन् ।

गत जनवरी महिनामा उनले आफ्ना ३५ वर्षीय दाजु इभान शेली र उनकी ३३ वर्षीया पत्नी केल्सेका लागि बच्चा जन्माइदिएकी हुन् । त्यसक्रममा लागेको पूरै खर्च चाहिँ दाजु इभान शेलीले नै गरे ।

अझ अनौठो त के भने दाजुको ग’र्भ बोकेर बच्चा जन्माइदिने ती बहिनी पहिले नै विवाहित हुन् । उनका आफ्नै ३ वटा सन्तान जन्मिसकेका छन् ।त्यति हुँदाहुँदै पनि उनले दाजुका लागि सरोगेसीबाट बच्चा जन्माइदिने फैसला गरेकी थिइन् । त्यसमा उनका पतिले पनि समर्थन जनाए ।
–एजेन्सीको सहयोगमा

Facebook Comments Box