Home Blog Page 40

काँग्रेसको वडा अधिवेशनमा सर्लाहीमा फेरि गोली चल्यो, इन्स्पेक्टरसहित पाँच घाइते

नेपाली काँग्रेसको वडा अधिवेशनमा सोमबार पनि गोली चलेको छ। सोमबार सर्लाहीको बलरा नगरपालिका ७ को वडा अधिवेशन चलिरहेको समयमा नेतृत्व चयनका लागि भइरहेको मतदानको क्रममा दुई पक्षबीच झडप भई गोली चलेको हो।

प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी भएपछि प्रदेश मन्त्री बनेका वीरेन्द्र सिंहको पक्ष र नेपाली काँग्रेसका संघीय सांसद रहेका डा. अमरेशकुमार सिंहको पक्षबीच सर्लाहीमा निरन्तर विवाद हुँदै आएको छ। वडाको अधिवेशन पनि कडा सुरक्षाको बीच सर्लाहीमा गर्नुपर्ने अवस्था आएको छ।

वडा अधिवेशनको क्रममा नेतृत्व चयनको लागि मतदान कार्य भइरहेको समयमा एक समूहले आएर आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै होहल्ला गर्न थालेपछि दुई पक्षबीच झडप भएको थियो। मतदान कार्यमा खटिएका मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर बलजफ्ती निर्णय गराउन खोजेको आरोप अर्को पक्षको रहेको छ।

मतदान अधिकृत झालाई एक पक्षले नियन्त्रणमा लिएपछि प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा सुरक्षित लैजान खोज्दा केही काँग्रेस कार्यकर्ताले ढुंगामुढा गरेका थिए। ढुंगामुढा प्रहारबाट मतदान अधिकृत झासहित प्रहरी निरीक्षक सुरेश ठाकुर, एक प्रहरी हवलदार, एक प्रहरी जवान र एक जना सर्वसाधारण घाइते भएका छन्।

अन्य केहीलाई पनि सामान्य चोटपटक लागेको छ। घाइते मध्ये उपचार गराउनु पर्ने अवस्थामा रहेकाहरुको सर्लाहीको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ। मतदान अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीमाथि नै प्रहार हुन थालेको र स्थिति बिग्रन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको स्थानीयको भनाइ छ।

आइतबार पनि सर्लाहीको बलरामा भएको वडा अधिवेशनमा गोली चलेको थियो।

सर्लाहीको नेपाली काँग्रेसमा निकै कडा विवाद रहेको छ। सर्लाही काँग्रेसको विवादले निरन्तर उग्र रुप लिँदै आएको छ। यस अघि मलंगवामा भएको अधिवेशनमा पनि दुई पक्षबीच झडप भएको थियो।

Facebook Comments Box

राशि अनुसारको व्यापार रोजे भइन्छ मालामाल, कुन राशिलाई के व्यापार र क्षेत्र फाप्छ ?

काठमाडौँ ।  तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ ।

अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ । ज्योतिष विज्ञानका अनुसार करिअर, पढाई तथा व्यापार व्यवसायको सफलताका लागि राशिको निकै महत्वपूर्ण भूमिका हुन्छ । यदि राशिलाई ध्यानमा राखेर पढाई, करिअर तथा व्यवसाय सुरु गर्ने हो भने सफल हुने संभावना बढी हुन्छ । कुन राशिलाई कस्तो पढाई, करिअर र व्यवसाय गर्नु उत्तम मानिन्छ, आउनुहोस् हेरौं ।

मेष: मेष राशि भएका व्यक्तिहरुका लागि गणित, फिजिक्स र अकाउण्ट बिषयमा अधिक सफलता मिल्छ । यी व्यक्तिहरुका लागि सेना, आर्किटेक्ट, अस्त्र, शस्त्र, बास्तुशास्त्र सम्बन्धी करिअर वा यस्ता बिषयसँग जोडिएको क्षेत्रमा व्यापार गर्दा उत्तम हुन्छ । यी क्षेत्रहरुसँग जोडिएर व्यापार गर्दा सफलता पाइन्छ । राशिमा मंगलको साथमा सूर्यको समेत उपस्थिति हुन्छ भने सरकारी क्षेत्रमा सफलता प्राप्त हुन्छ । यी राशि भएका मानिसले अधिक सफलताका लागि रातो रंगको कपडा लगाउन आवश्यक हुन्छ । मुसुरो दाल दान गर्दा शुभ फल प्राप्त हुन्छ ।

वृष: वृष राशिका मानिस कलाप्रेमी हुन्छन । यस्ता व्यक्तिहरु अभिनय, गायनमा जम्न सक्छन । अटोको व्यापार, इलेक्ट्रिक इक्वीपमेन्टको व्यापार समेत फाप्छ । यसैगरी, नाट्यकला, म्यूजिक सम्बन्धी व्यवसाय, आर्ट पेन्टिङ र जिओलोजीसँग सम्बन्धित व्यापार फाप्छ । यिनै क्षेत्रसँग जोडिएको व्यापार र व्यवसायमा यो राशि भएका व्यक्तिले सफलता पाउने संभावना बढी हुन्छ । यो राशिको स्वामी शुक्र हुन्छ, यसको अर्थ कपडा र किरानाको व्यवसाय पनि फाप्छ । अधिक सफलताका लागि यो राशि भएका व्यक्तिहरुले सेतो रंगको कपडा बढी लगाउनुपर्छ ।

मिथुन: यो राशिका व्यक्तिले प्राध्यापक, शिक्षक, कवि, गीतकार, संगीतकार, प्रवचनकर्ता, ज्योतिषी, गणित, केमेस्ट्री, जिओलोजी, अकाउण्ट, होटल म्यानेजमेन्ट, फाइनान्स, बैकिङसँग सम्बन्धित बिषय छान्दा उत्तम हुन्छ । यिनै क्षेत्रसँग जोडिएको व्यापारमा मिथुन राशि भएकाले प्रवेश गर्दा अधिक सफलता मिल्छ । अधिक सफलता प्राप्त गर्न यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउन आवश्यक हुन्छ । यो राशिका व्यक्तिलाई मुंग दालको सेवन र दान उत्तम मानिन्छ भने सूर्यको पूजनले अधिक फल दिन्छ।

कर्कट: यो राशि हुने व्यक्तिका लागि जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, उपकरण मर्मतको काम, कमर्स, आर्ट, जिओलोजी, म्यानेजमेन्ट, कम्प्युटर सम्बन्धी बिषय छनौट गर्नु उचित हुन्छ । यी बिषयसँग जोडिएको नोकरी र व्यापार कर्कट राशि हुनेहरुका लागि फाप्छ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले सेतो कपडा लगाउनुपर्छ । शिव र नारायण भगवानलाई चामलको भोग दिनुपर्छ भने चामल आफूले सेवन गर्दा अझ उत्तम मानिन्छ ।

सिंह: यो राशि भएका व्यक्ति निकै प्रतिभाशाली हुन्छन । यो राशि भएका व्यक्तिहरुका लागि करिब–करिब सबै खालका व्यवसायमा सफलता प्राप्त हुने योग हुन्छ । यो राशि भएका व्यक्ति एड्भाइजर, ज्योतिष, इञ्जिनियर, चिकित्सक, वैज्ञानिक, सेनामा बढी सफल हुन्छन् । यस्ता राशि भएका व्यक्तिहरु निकै कुशल मेनेजर समेत बन्न सक्छन् । यी व्यक्तिका लागि सबै बिजिनेश विषय अनुकुल हुन्छ । कमर्स, अकाउण्ट र कानूनमा पनि अधिक सफलताको संभावना हुन्छ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले आदित्य हृदय स्त्रोत पाठ गर्नुको साथै रातो रंगको कपडा लगाउनु लाभदायक हुन्छ।

कन्या : यो राशि भएका व्यक्तिका लागि शिक्षा तथा शिक्षण, लेखन, अभिनय, म्यूजिक क्षेत्रमा अधिक सफलता प्राप्त हुन्छ । यस्ता व्यक्तिका लागि जिओलोजी, फिजिक्स, केमेस्ट्री, गणित, अकाउण्ट बिषय अनुकुल हुन्छ । अत्यधिक सफलताका लागि हरियो कपडा लगाउनुहोस् । गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ ।

तुला: यो राशि भएका व्यक्तिका लागि अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको क्षेत्र फाप्छ । यही क्षेत्रसँग सम्बन्धित नोकरी गर्नु वा व्यापार गर्नु लाभदायक हुन्छ । कमर्स, इकोनोमिक्स, वनस्पति शास्त्र, गणित बिषय चयन गर्नु शुभ मानिन्छ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले नीलो वस्त्र लगाउनुहोस् भने हनुमान चालिसाको पाठ गर्ने गर्नुहोस् ।

वृश्चिक: यो राशि भएका व्यक्तिका लागि सेना र शस्त्र सम्बन्धी कार्य, प्रहरी, रक्षा, कानून, सामाजिक सेवा, राजनीतिको क्षेत्रमा अधिक सफलता प्राप्त हुन्छ । फिजिक्स, गणित, कानून, अकाउण्ट, राजनीतिशास्त्र, होटल म्यानेजमेन्ट, मानव संसाधन जस्ता बिषय रोज्नु लाभदायक हुन्छ । यी विषयसँग जोडिएका व्यापार व्यवसाय पनि यस्ता व्यक्तिका लागि श्रेयस्कर हुन्छ । अधिक सफलताका लागि यो राशि भएका व्यक्तिले रातो रंगको कपडा लगाउनुपर्छ भने हनुमानको पूजाअर्चना गर्नुपर्छ ।

धनु: यो राशि भएका व्यक्तिका लागि नाट्य, ललितकला, सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर, होटल, स्कूल संचालक लगायतको क्षेत्र शुभ मानिन्छ । विज्ञान, गणित, कमर्स, अकाउण्ट एवम् सबै बिषय यो राशिका लागि अनुकुल मानिन्छ । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् भने आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।

मकर: यो राशि भएका व्यक्ति मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक, राम्रो खोजकर्तामा जम्न सक्छन । यस्ता व्यक्तिका लागि गणित, फिजिक्स, केमेस्टी, संस्कृत भाषा, अकाउण्ट, म्यानेजमेन्ट सम्बन्धी बिषय शुभ मानिन्छ । अत्यधिक सफलताका लागि कालो रंगको कपडा लगाउनुपर्छ भने हनुमानजीको पूजा अर्चना गर्नुपर्छ ।

कुम्भ : यो राशि भएका व्यक्तिको कार्यक्षेत्र अधिकांश मकर राशिसँग मिल्दोजुल्दो हुन्छ । किनभने यी दुवै राशिको स्वामी शनि हो। यसका अतिरिक्त सेना, टेक्निकल, मेडिसिन क्षेत्रमा समेत सफलता प्राप्त हुन्छ । वनस्पति शास्त्र, गणित, फर्मा, इलेक्ट्रिकको बिषय समेत उत्तम हुन्छ । अधिक सफलताका लागि कालो वस्त्र लगाउने गर्नुहोस् र हनुमानजीको पूजा अर्चनामा ध्यान दिनुहोस्।

मीन : यो राशि भएका व्यक्तिका लागि अद्यात्म, मेटल बिक्रेता, भेइकल, इलेक्ट्रिक उपकरणको बिक्रेता, गुप्तचर विभाग, फायर सर्भिस र अदालती सेवामा अधिक सफलता प्राप्त हुन्छ । गणित, साइन्स र कमर्स र अन्य सबै बिषय शुभ नै मानिन्छ । अत्यधिक सफलताका लागि पहेंलो कपडा लगाउने गर्नुहोस् र शिव भगवानको पूजा गर्नुहोस् ।

Facebook Comments Box

जतिसुकै बिजि भएपनी २ मिनेट समय दिएर अबस्य पढ्नुहोस ! आमा र छोराको लाश एकैपटक मृत्यु दया हुनेले मात्र Rip😭 लेख्नुहोस ।

लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनि छन् । उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन। उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छनसाथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन । त्यति मात्र होइन उनले दमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् ।लललपर लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनि छन् । उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन। उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छन साथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

त्यति मात्र होइन उनले दमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन ।परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् ।लललपर लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनि छन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन। उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छनसाथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन । त्यति मात्र होइन उनले दमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन ।परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Facebook Comments Box

भोट माग्न आएका भीम रावललाई प्रतिनिधिको प्रश्न– हार्नुभयो भने पार्टी फुटाउनु हुन्छ कि ?

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा दसौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीम रावलले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् । मतदानको समय नजिकिँदै गरेको अवस्थामा रावलले महाधिवेशन प्रतिनिधिसँगको भेटघाट बढाउँदै आफूलाई मत दिन आग्रह गरेका हुन् ।

महाधिवेशन प्रतिनिधिसँग रावलले भोट मागिरहँदा कतिपयले भने उनलाई उम्मेदवारी फिर्ता लिन सुझावसमेत दिएका छन् । तर उनले प्रतिनिधिहरूको सुझावको प्रत्युत्तरमा जबजको मर्मलाई बुझिदिन र आफूलाई मत दिन आग्रह गरेका छन् ।

रावललाई केही प्रतिनिधिले पराजित भएको खण्डमा पार्टी छोड्न नपाइने सर्त राखेका छन् । रावलले उनीहरूसँग प्रतिप्रश्न गर्दै ‘म पार्टी छोड्ने मान्छे हु र ?’ भनेका छन् । माधवकुमार नेपालसँग नजिक रहँदासमेत आफू पार्टी विभाजनको विपक्षमा बसेको भन्दै उनले अब पनि पार्टी छाडेर जाने आशङ्का नगर्न उनले महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरे ।

Facebook Comments Box

कोरोना भाइरस : के हो ओमिक्रोन भेरियन्ट ? के-के हुन् लक्षणहरु ? संक्रमण भएको कसरी थाहा पाउने ?

काठमाडौँ / पछिल्ला दिन विश्वमा नयाँ त्रास उत्पन्न गरेको छ कोरोना भाइरसको नयाँ भेरियन्ट– ओमिक्रोनले । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यसपछि हङकङ, बोत्स्वानाहुँदै विश्वका बिभिन्न देशमा यो देखिएको छ ।

ओमिक्रोन देखिएका देशबाट हुने उडानमाथि प्रतिबन्ध लगाउन थालिएको छ जसले झन् त्रास उत्पन्न गरेको छ । ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकाका चिकित्सक एन्जेलिक कोएट्जीका अनुसार यसको संक्रमण हुनेहरुमा सामन्य लक्षण पाइएको छ ।

‘शल्यक्रियाको लागि मेरो सामु एक ३३ वर्षका बिरामी आएका थिए । उनले मलाई बितेको दुई दिनदेखि थकान महसुश गरेको बताए । र उनले हल्का टाउको दुखेको समेत बताए । शल्यक्रिया गर्नुअघि उनको स्वास्थ्य परिक्षण गरियो र उनी कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित थिए,’ उनले भने ।

त्यसपछि ति बिरामीको परिवारको सबै सदस्यको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण गर्दा सबैको नतिजा पोजेटिभ आयो । सबैमा सामान्य लक्षण मात्र थियो । उनीहरुमा रुघाखोकी, कफ, स्वाद थाहा नपाउने कुनै समस्या थिएन । सबैकुरा सामान्य थियो ।

‘हालसम्म जति पनि विरामी हामीकहाँ आएका छन् सबैमा सामान्य समस्या मात्र देखिएको छ । तर ती सबै नयाँ भेरियन्टका संक्रमित थिए । यी संक्रमित डेल्टा भेरियन्टका संक्रमितभन्दा फरक थिए ,’ डाक्टर एन्जेलिकले भने ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वभर चिन्ताको विषय बनेको छ । प्रारम्भिक अनुसन्धानले यसको संक्रमण क्षमता धेरै बढी रहेको छ । त्यतिमात्र होइन ‘रि–इन्फेक्सन’को खतरा पनि बढी रहेको छ ।

नोभेम्बरको सुरुमा यो भेरियन्ट दक्षिण अफ्रिकामा देखिएको थियो । गत बुधबार विश्व स्वास्थ्य संगठनले यसका बारेमा आधिकारिक जानकारी दिएको थियो । (बिबीसीबाट)

Facebook Comments Box

ओमिक्रोन’ संक्रामक भएको वा नभएकोबारे अध्ययन जारी: डब्ल्यूएचओ नेपाल प्रमुख

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्नेबारे अध्ययन भइरहेको बताएका छन्।

प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने कुराको अध्ययन भइरहेको बताए। उनले डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको जानकारी दिँदै डब्ल्यूएचओले यो भेरियन्टबिरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए।

‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो। यो २६ नोभेम्बर २०२१ मा देखिएको हो र यसलाई डब्ल्यूएचओले ‘ओमिक्रोन’ नाम दिएको छ। पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरसभन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्नेबोरे स्पष्ट भइसकेको छैन,’ प्रमुख पाण्डवले भने, ‘अहिले विश्व स्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरुले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको छ।’

प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदा झैँ मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताए। उनले ण्अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैँ एकै ठाएँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए।

प्रमुख पाण्डवले अस्पतालहरुले तयारीका साथ रहनुपर्ने, र्याल, सिँगान, खकारहरु जथाभावी नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए।

प्रमुख पाण्डवले विश्व स्वास्थ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो। यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलिले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ।

Facebook Comments Box

भर्खरै राजधानीबाट धनगढीका लागि उढेको बिमान दु’र्घटना हुदा २५ जनाको मृ त्यु

चार घण्टाभन्दा बढी समयदेखि हराइरहेको नेपाल एयरलाइन्सको विमान बुधबार हिमालयमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्दा मृत्यु भएका २३ जनामध्ये दुई शिशु पनि थिए, एक मन्त्रीले भने। नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विमान दुर्घटना भएको पुष्टि गरेका छन् ।

 

तारा एयरको भाइकिङ ९एन-एएचएच ट्विन ओटरले पोखराबाट बिहान ७.४७ मा उडान भरेको पोखरा विमानस्थलका उपनिर्देशक योगेन्द्र कुमारले आईएएनएसलाई बताए। मुस्ताङ जिल्लाको जोमसोम तर्फ जाँदै थियो ।

 

राजधानी काठमाडौंबाट २०० किलोमिटर पश्चिममा अवस्थित पोखरा नेपालको दोस्रो ठूलो सहर हो। यो एक लोकप्रिय पर्यटकीय गन्तव्य हो र ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण अभियानका लागि किक अफ पोइन्ट हो।

 

गत सेप्टेम्बरमा तारा एयरको फ्लीटमा थपिएको विमानमा २३ जना यात्रु – २० जना यात्रु, जसमध्ये एक चिनियाँ र एक कुवेती नागरिक र दुई शिशु र तीन चालक दलका सदस्य थिए। त्यसको केही मिनेटपछि एयर ट्राफिक कन्ट्रोलले नियन्त्रण गुमाएको थियो ।

 

म्याग्दी जिल्लाको सोली घोप्टेभीरको जंगलमा दुर्घटनास्थलमा रहेका नेपाली सेनाका अधिकारीलाई उद्धृत गर्दै नागरिक उड्डयनमन्त्री पोखरेलले विमान दुर्घटना भएको र यसमा सवार सबैको मृत्यु भएको बताए ।

 

सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले पनि विमानमा सवार सबै २३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । कार्कीले नेपाली सेनाको टोली दुर्घटनास्थल पुगेको र विमानको पखेटा र पुच्छरको भाग पत्ता लगाएको काठमाडौं पोष्टले जनाएको छ ।

 

विमानको भग्नावशेष चार घण्टाको खोजी र उद्धार कार्यपछि फेला परेको हो । प्रत्यक्षदर्शीहरूले भने कि विमानको भग्नावशेष एक क्षेत्रमा छरिएको थियो र विमान अझै जलिरहेको थियो, रिपोर्ट थपियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Facebook Comments Box

विदेशबाट तोकिएभन्दा बढी मोबाइल फोन, ल्यापटपलगायतका सामग्रीहरु ल्याए जफत हुने

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी मोबाइल फोन, ल्यापटप, सुन, मदिरालगायतका सामग्रीहरु ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ।

नेपाली नागरिकले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनको लागि १ थान मोबाइल र एउटा ल्यापटप मात्र ल्याउन पाउने भन्दै त्यस भन्दा बढि सामग्रीहरु ल्याएको खण्डमा तोकिएको भन्सार शुल्क तिर्नुपर्ने उल्लेख गरेको छ।

सो कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानुनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानुनबमोजिम कारवाही हुने स्पष्ट गरेको छ। यात्रुमा प्रचलित कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ।

कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा बढी ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ। व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकै स्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने उल्लेख छ।

व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने जानकारी दिइएको छ।

अपरिचित व्यक्तिले दिएको रेडियो, स्पीकर, आईरन, मिक्सचरलगायतका मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन र नल्याउन पनि सबैलाई अनुरोध गरिएको छ।

Facebook Comments Box

अन्तर्वार्तामै हिरोईनहरुको ठुलो झगडा । हात हालाहालको अवस्था, निर्देशक छुट्टाउन नै आए (भिडियो हेर्नुस)

चलचित्र चुरीफुरीका ३ नायिकाहरु बिच अन्तर्वार्ताकै क्रममा बिवाद भएको छ । शिशिर भण्डारी सँग नयाँ नयाँ न्युज नेपालमा कुरा गर्दै यि नव नायिकाहरुको बिवाद परेको हो । ट्रेलर रिलिजपछिको अन्तर्वार्तामा ३ नायिकाहरु सोना बज्राचार्य,

पुजा पन्त र र रिन्जिन गुरुँगको एक बिषयमा बिवाद पर्दा फिल्मका निर्देशक ऋषिराज आचार्यले नै बिवादलाई मिलाउनु परेको थियो । वास्तवमा झगडापछि अन्तिममा रहस्य खुल्छ । दुई नायिकाहरु मिलेर सबैलाई प्रयाँक गरेका रहेछन् ।

चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रले विदेश पढ्न जाने विद्यार्थीको कथा भन्ने अनुमान ट्रेलरमार्फत लगाउन सकिन्छ । पुस ९ बाट प्रदर्शनमा आउने सामाजिक विषयमा कमेडी मिश्रित यो चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम, राजीव जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर

भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय छ । दीपक शर्माको संगीत तथा राहुल राईको छायाङ्कन रहेको

चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह-निर्माता रहेको चलचित्र वितरणको जिम्मा डीसीएनले लिएको छ । भिडियो हेर्नुस

Facebook Comments Box